अध्यक्ष लिङ्देनको आरोप : गृहमन्त्रीले भाटभटेनी लुट्ने कांग्रेस सहमहमन्त्रीको छोरालाई छुटाए-Sutra News

अध्यक्ष लिङ्देनको आरोप : गृहमन्त्रीले भाटभटेनी लुट्ने कांग्रेस सहमहमन्त्रीको छोरालाई छुटाए

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । चैत १५ गते राजावादीको प्रदर्शनको क्रकमा भाटभटेनी सुपरमार्केट लुट्न कांग्रेसकै नेताका छोरा पनि संलग्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले पक्राउ परेका व्यक्ति कांग्रेस सहमहामन्त्रीका छोरा भएको र उनलाई दुई घण्टाभित्रै छोडिएको आरोप लगाएका हुन्।



लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै भने, ‘भाटभटेनीको लुटपाटमा सत्तारुढको तपाईंकै पार्टीको सहमहमन्त्रीको छोरो रहेछ। किन छोड्नु भयो तुरुन्तै?’ उनले कांग्रेस नेताको छोराले रक्सी बोकेको र उनीसँग आएका साथीले कपडा लिएर गएको समेत दाबी गरे। उनले कुन नेता र उनका छोरा को भन्नेबारे खुलाएनन्।

‘तपाईं (गृहमन्त्री लेखक)का नेताको छोराले रक्सी लिएर गयो उसले ल्याएको मान्छेले रक्सी खाँदिन कपडा काम लाग्छ भनेर लग्यो,’ उनले भने, ‘पक्राउ गर्‍यो तर पछि नेताको छोरो रहेछ। दुई घण्टाभित्रै छोड्नु भयो। यो कुरा सार्वजनिक गर्न जरुरी छ।’

उनले गणतन्त्रलाई निरंकुशतन्त्र भएकोले विरोध गरिरहने पनि बताए। लिङ्देनले आफूहरूसँग संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित रहेको दाबी गरे।

‘निरंकुश तन्त्रको विरोध गरिराख्छौँ। संविधानको कसम खाएका छौँ। संविधान परिवर्तन गर्ने अधिकार पनि सुरक्षित छ। हामीले संयमता अपनाऔं,’ उनले भने, ‘समस्या नेतृत्वमा आयो, प्रणालीमा मात्रै होइन। सल्लाह सहमतिमा सुधार गर्नुपर्छ। भ्रष्टाचार नेताले गर्छ। कारबाही कसले गर्छ- अख्तियारले अख्तियारमा को छन्? नेताले नियुक्ति गरेको मान्छे अदालतमा उस्तै।’

तीनुकुने घटनामा संलग्न ८६ जनालाई प्रहरीट्ठले पक्राउ गरेर हिरातमा राखेर अनुसन्धान गरिरहेको छ। २१ जना छुटिसकेका छन्। उनीहरूलाई थुना बाहिरै राेखर अनसन्धान गरिरहेको जिल्ला परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार