

घिउकुमारी भनेर चिनिने एलोभेरा एक चमत्कारी औषधीय वनस्पति हो जसको आयुर्वेद र आधुनिक चिकित्सा दुवैमा विशेष स्थान छ। यसमा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनिरल, इन्जाइम, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्त्व पाइन्छन्। हालै गरिएको एक अनुसन्धानले एलोभेराको जुस मधुमेहको उपचारमा मात्र नभई लगभग १०० अन्य रोगहरूको उपचारमा पनि प्रभावकारी हुन सक्ने दाबी गरेको छ।
यदि हरेक दिन स्वास्थ्यबाट सुरु भयो भने पुरै दिन ऊर्जा र सकारात्मकताले भरिपूर्ण हुन्छ। एलोभेराको जुस एक प्राकृतिक पेय पदार्थ हो जसले तागत मात्र दिँदैन यसले धेरै रोगहरूसँग लड्ने शक्ति समेत दिन्छ। एलोभेरामा पाइने एन्टिफ्लेमेन्टरी नामक तत्त्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ। नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । शताब्दीयौंदेखि, एलोभेरालाई आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ र अब आधुनिक अनुसन्धानले पनि यसको गुणहरू पुष्टि गर्दै छ।
हालै गरिएको एक अन्तर्राष्ट्रिय चिकित्सा अनुसन्धान (रेफ)मा, यो कुरा पत्ता लागेको छ कि एलोभेराको रस टाइप २ मधुमेहका बिरामीहरूका लागि अत्यन्तै लाभदायक भएको बताइएको छ। यसको जुस पिउँदा रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ, इन्सुलिन संवेदनशीलता बढाउँछ र शरीरमा सुजन कम गर्छ। यसबाहेक, यो रसले पेटको समस्या, छालाको रोग, उच्च रक्तचाप, कलेजोको कमजोरी र जोर्नी दुख्ने जस्ता लगभग १०० प्रकारका रोगहरूबाट पनि सुरक्षा प्रदान गर्दछ।
यसलाई सेवन गर्ने सबैभन्दा प्रभावकारी तरिका बिहान खाली पेटमा गर्नु हो। यदि दैनिक ५० ग्राम एलोभेराको जुस पिए क्यान्सर रोगीका लागी फाइदा हुन्छ। तर यसमा कुनै पनि मिसावट बिनाको शुद्ध एलोभेराको रसले मात्र तपाईँको शरीरलाई डिटोक्स गर्छ र भित्रबाट स्वस्थ बनाउँछ। यो केवल घरेलु उपचार मात्र होइन, जीवनशैलीको एक हिस्सा पनि हो जसले शरीरलाई रोगहरूसँग लड्न शक्ति दिन्छ।
एलोभेरा जुसको सेवनले छालामा निखार ल्याउनुका साथै छालालाई मुलायम र चमकदार पनि बनाउँछ । छालामा आउने दाग र पोतो समेत हटाउन मद्दत गर्छ । त्यसका साथै एलोभेरा जुस खाएमा तौल घट्छ। साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिल्छ । यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न पनि मद्दत गर्छ।