कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने-Sutra News

कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । हेटौँडाबाट ठिंगन हुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ सडक १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।



ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटान शुरु गर्न को लागि वैशाख १८ गतेदेखि जेठ १ गते दैनिक ६ घण्टा गाडी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार यस अवधिमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी आवागमन पूर्ण रूपमा रोकिनेछ ।

प्रशासनले यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै यस अवधिमा काठमाण्डु–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार