राजेन्द्र लिङ्देनको अभिव्यक्तिविरुद्ध धनुषामा जलाइयो पुत्ला-Sutra News

राजेन्द्र लिङ्देनको अभिव्यक्तिविरुद्ध धनुषामा जलाइयो पुत्ला

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

जनकपुरधाम । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ ।



नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरे । राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । उक्त घटनामा कांग्रेस सह महामन्त्री महेन्द्र यादवको छोरा संलग्न रहेको अभिव्यक्ति लिङ्देनले दिएका थिए ।

तर, लिङ्देनको अभिव्यक्तिमा सत्यता नरहेको पाइएको छ । कांग्रेस सह(महामन्त्री यादवका छोराद्वय विकास र आकाश दुबै डाक्टर छन् । उनीहरु देश बाहिर छन् । तर उनको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार