

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा अमेरिकी डलर खाता खोल्न र न्यूनतम एक हजार डलर जम्मा गर्न प्रोत्साहित गर्ने ‘नेपालका लागि डलर’ अभियान हालै सुरु गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति सन् २०२५ को पहिलो त्रैमासिकमा तुलनात्मक रूपमा घटेको छ। नेपालमा रोजगारीको सीमितता, आयातमा निर्भरता, र रेमिट्यान्समा कमी आउन थालेपछि आर्थिक सन्तुलन खल्बलिन थालेको छ। यिनै चुनौतीहरूको सामना गर्न एनआरएनएले प्रवासी नेपालीको विश्वास र सामर्थ्यलाई राष्ट्रनिर्माणमा जोड्ने प्रयासस्वरूप यो अभियान अघि सारेको हो।
कसरी काम गर्छ अभियान ?
-नेपालका बैंकहरूमा डलर खाता खोल्न सकिनेछ,
-खातामा कम्तिमा १,००० अमेरिकी डलर जम्मा गर्न आह्वान,
-रकम विदेशमै सुरक्षित रहनेछ र आपतकालीन अवस्थामा सहजै झिक्न सकिने व्यवस्था,
-खाता खोल्ने, रकम पठाउने र फिर्ता लिने प्रक्रियालाई सहज बनाउन कार्यदल गठन।
यस अभियानको प्रभावकारी कार्यान्वयनका लागि एनआरएनए उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा एक कार्यदल गठन गरिएको छ। यो कार्यदलले प्राविधिक र व्यवस्थापकीय सल्लाहहरू तयार पार्नेछ।
अभियानले दिने फाइदा
-विदेशी मुद्रा सञ्चिति बढ्ने,
-नेपाली अर्थतन्त्रमा स्थायित्व,
-भविष्यमा प्रवासी लगानीको ढोका खुल्ने,
राष्ट्र र प्रवासीबीचको भावनात्मक र वित्तीय सम्बन्ध बलियो हुने।