एमालेले झुक्याएपछि यता न उता भएका वामदेव फेरि एकीकृत समाजवादीमै फर्किन खोज्दै-Sutra News

एमालेले झुक्याएपछि यता न उता भएका वामदेव फेरि एकीकृत समाजवादीमै फर्किन खोज्दै

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) सँग एकताको प्रकिया अघि बढेको बताएका छन्।



राष्ट्रिय समाचार समिति रासससँगको कुराकानीमा उनले नेकपा (एमाले)ले आफूहरूलाई पार्टी एकताका लागि ढोका बन्द गरिदिएको भन्दै अब फेरि एकीकृत समाजवादीसँग एकता गर्न लागिएको बताए।

‘पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिष्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले एकीकृत समाजवादीसँग एकताको निम्ति छलफल भइरहेको छ। अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरू भएको छ। केही समय पहिला एमालेसँग पार्टी एकताको निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो। त्यहीअनुसार तयार भइयो उहाँहरूले नै ढोका बन्द गर्नुभयो। मेरा निम्ति एमाले र एकीकृत समाजवादी पनि एमाले नै हो। किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ,’ उनले भनेका छन्।

गएको पुसमा उनी एकीकृत समाजवादीमा जाने अन्तिम तयारी गरिरहेका थिए। अन्तिम समयमा आएर एमालेमा जाने भन्दै त्यहाँ गएनन्। अन्तत: पहिले आफैंले एकीकृत समाजवादीलाई झुक्याए, अहिले एमालेबाट झुक्क्याइए।

त्यसअघि नेकपा एकता सम्भव नभएपछि उनी अरू कुनै पार्टी प्रवेश गर्ने मुडमा देखिए। अनि वार्ता सुरू भयो, एकीकृत समाजवादीसँग। गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पटक-पटक छलफल गरे। वार्ता सकारात्मक भएको पनि भनेका थिए।

माधव नेपालसँगको त्यस बेलापछि गौतमले भनेका थिए, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’

एकीकृत समाजवादीले पनि उनलाई तेस्रो वरियता दिन तयार थियो। तर एकीकृत समाजवादीमा छलफल भइरहेकै बेला उनी एमालेमा जान हतारिए।

नभन्दै, एमालेमा जाने गौतमको इच्छा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुग्यो। तर एमाले सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको भन्दा माथिल्लो वरीयता नदिने भएपछी उनको एमालेमा प्रवेश गर्ने सपना पनि तुषरापात भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार