बहिष्कारको चेतावनीपछि राजावादीलाई सुरक्षाको जवाफ- मेरो रजस्वला भइरहेको छ, छुन नआउनू-Sutra News

बहिष्कारको चेतावनीपछि राजावादीलाई सुरक्षाको जवाफ- मेरो रजस्वला भइरहेको छ, छुन नआउनू

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । आफ्नो प्रदर्शनरत फिल्म ‘खेल’ बहिष्कार गर्ने चेतावनीपछि अभिनेत्री सुरक्षा पन्तले जवाफ फर्काएकी छन्। शनिबार सामाजिक संजालमा कवितामार्फत् उनले बहिष्कारको चेतावनी दिनेहरूलाई जवाफ दिएकी हुन्।



यतिबेला सुरक्षा अभिनित फिल्म ‘खेल’ प्रदर्शनरत छ। तर, दोस्रो दिनसम्म पनि हलमा दर्शन भने छैनन्। हलहरुले यो चलचित्रलाई १५० शो उपलब्ध गराएको थियो।

फिल्म रिलिजपूर्व सुरक्षाको गणतन्त्रको पक्षमा बोल्ड अभिव्यक्ति दिएपश्चात दर्शक उनको पक्ष र विपक्षमा बाँडिएका थिए। राजतन्त्रवादीले उनीविरुद्ध सामाजिक सञ्जालमा बहिष्कार अभियान चलाए भने गणतन्त्रवादीले उनको समर्थन र वाहवाही गरेका थिए।

केही अराजक राजावादीले भने सामाजिक संजालमा सुरक्षाको फिल्म बहिष्कार गर्ने समेतको चेतावनी दिए। त्यसैको जवाफमा सुरक्षाले एक कविता लेखेकी छन्।

यस्तो छ उनको कविता :

मेरो रजस्वला भइरहेको छ
मलाई अहिले छुन नआउनु
पहिलो दिन अलि विचार हुन्छ,
दोस्त्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ! तुच्छ! आकार
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार