‘एमालेलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक दियौं, अब गभर्नर कांग्रेसले पाउनुपर्छ’-Sutra News

‘एमालेलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक दियौं, अब गभर्नर कांग्रेसले पाउनुपर्छ’

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले विद्युत प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताएका छन्।



दाङ पुगेका नेता महतले कार्यकर्ता भेटघाटका क्रममा एमालेसँगको सत्ता सहकार्य सहज नभएपनि मिल्नु परेको तर्क गरेका छन्।

उनले भने, ‘गठबन्धन भन्नेबित्तिकै सरकार सञ्चालन गर्न त्यति सजिलो हुँदैन। चलिरहेको छ। हामीले सोचेअनुसार सबै कुरा हुँदैन। हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौं हुँदै नहुनुभन्दा त ५० प्रतिशत भएमात्रै पनि हुनु सही।’

उनले सत्ता गठबन्धनमा भए पनि सरकारी नियुक्तिमा समान हुनुपर्ने र समन्वय हुनुपर्ने भए पनि पछिल्लो समय नभइरहेको बताए।

उनले सत्तामा नहुँदा तल्ला तहका नेता कार्यकर्ताको स्वाभाविक गुनासो हुने गरेको बताए ।

प्रवक्ता महतले भने, ‘सत्तामा नहुँदा साथीहरुले असुरक्षित महसुस गर्ने भए, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाउने, अब सत्तामा हुँदा पनि हामीले भनेको जस्तो हुँदैन। त्यसैले असन्तुष्टि भइरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार