शिक्षक आन्दोलनमा शिक्षकले नै शिक्षक कुटे, यस्तो छ कारण-Sutra News

शिक्षक आन्दोलनमा शिक्षकले नै शिक्षक कुटे, यस्तो छ कारण

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ।



शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन्।

उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्। उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो।

घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन्। उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार