वडा अध्यक्षहरूलाई ५-५ करोड अफर गरेको पूरा भिडिओ सुनिताले मागिन् बालेनसँग-Sutra News

वडा अध्यक्षहरूलाई ५-५ करोड अफर गरेको पूरा भिडिओ सुनिताले मागिन् बालेनसँग

शनिबार, १३ बैशाख २०८२

शनिबार, १३ बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर डंगोलले पछिल्लो समय सामाजिक सञ्जालबाट भाइरल गराइएको भिडिओ क्लिप सुनियोजित भएको दाबी गरेकी छन्।



शनिबार बिहान आफ्नो काम कर्तव्य र अधिकारबारेमा केही पत्रकारसँग गरेको ब्रिफिङमा यस्तो बताएकी हुन्।

उनले त्यसको पूरा फुटेज बाहिर ल्याउनुपर्ने बताएकी छन्। गते चैत १० को वडाध्यक्षसहितको एक छलफलको सार्वजनिक गरिएको १७ सेकण्डको क्लिपमा काठमाडौं भ्यू टावर निर्माणमा ५-५ करोड घुस अफरको संवाद सुनिन्छ।

यो पनि : https://www.sutranews.com/245321/04/15/

उपमेयर डंगोलले आफू त्यस दिन बैठकमा उपस्थित नभएकाले त्यो दिन भएको छलफलको पूरा भिडिओ खोजी गरिरहेको बताइन् ।

उनले यसो भनेकी थिइन् :

त्यो मिटिङमा म थिइनँ। म नेपालबाहिरै थिएँ। १७ सेकेण्डको भिडिओ काटेर सुनियोजितरूपमा अहिले वाहिर ल्याएर भ्रम छर्न पाइँदैन। यदि त्यस्तै कुराकानी थियो भने किन अहिलेसम्म कुर्नुपर्थ्यो ? अन द स्पोट सार्वजनिक गरेर संलग्नलाई कारवाही गर्नुपर्थ्यो। त्यो १७ सेकेण्ड अगाडि पछाडि पनि त केही कुराकानी भाको होला। स्वयं मेयर सा’वले बैठकमा के भन्नुभयो ? फूल भिडिओ म र आम नागरिकले सुन्न हेर्न र बुझ्न पाउने अधिकार छ। मैले पूरा भिडिओ मागेको छु। पाएकी छैन। अगाडि पछाडिको आवाज छैन पनि भनेको सुन्दैछु। (हाँस्दै) मुसाले काट्यो भनेजस्तो पो हो कि !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार