

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ। गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन्।
शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ। त्यही मेसोमा सागरले सामाजिक संजाल फेसबुकमा श्रीमती र छोरासहित्को तस्बिर राखेर खुसी साटेका छन्। त्यहाँ उनले लेखेका छन्, ‘हेल्लो स्रियान्स।’
लम्सालले आमा र छोरा दुवैको अवस्था अहिले सामान्य रहेको बताएका छन्।
लम्सालले गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका थिए।