

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनको मूल्यमा झिनो बृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला १०० रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत चैत ९ मा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य खास बढ्न सकेको छैन ।
सुनको मूल्यमा झिनो बृद्धि हुँदा आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।
आइतबार अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३१८ डलरमा किनबेच भइरहेको छ ।