कांग्रेस सांसद माया राई पक्राउ, प्रहरीले गरायो संसद सचिवालयलाई जानकारी-Sutra News

कांग्रेस सांसद माया राई पक्राउ, प्रहरीले गरायो संसद सचिवालयलाई जानकारी

आइतबार, १४ बैशाख २०८२

आइतबार, १४ बैशाख २०८२

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको जानकारी नेपाल प्रहरीले संसद सचिवालयलाई गराएको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई १३ गते पक्राउ गरिएको उल्लेख छ ।

राईलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो । यो सँगै राई अब निलम्बित हुनेछिन् ।

उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन् । रवि लामिछाने र छविलाल जोशी भने धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार