काठमाडौं मेडिकल कलेजले घाइते शिक्षकको निशुल्क उपचार गर्ने-Sutra News

काठमाडौं मेडिकल कलेजले घाइते शिक्षकको निशुल्क उपचार गर्ने

आइतबार, १४ बैशाख २०८२

आइतबार, १४ बैशाख २०८२

काठमाडौं । शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित भई आन्दोलन गरिरहेका छन् ।



विद्यालय शिक्षा ऐनको माग राख्दै नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा कम्तीमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले झडपमा घाइते भएका शिक्षकहरुको निशुल्क उपचार गर्ने भएको छ । काठमाडौंको सिनामंगलमा रहेको कलेजले एक विज्ञप्ती जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले उपचार गर्ने भएको हो ।

उपचार गर्दा लाग्ने औषधी एवं औषधीजन्य सामाग्री सम्बन्धित व्यक्ति स्वयंले प्रबन्ध गर्नुपर्ने कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार