

काठमाडौं । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
नेपाली समयअनुसार आइतबार बिहान साढे ८ बजे आसपास लापु दिवस मनाउने क्रममा यो दुर्घटना भएको हो।
भ्यानकुभर प्रहरीले घटनामा नौ जनाको मृत्यु भएको बताएको छ। घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ।
घटनाको कारण स्पष्ट छैन तर प्रहरीले यो आतंकवादी घटना नभएको विश्वास गरेको छ।
घटनाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसमा एउटा प्रहरीको गाडी र एम्बुलेन्स देखिन्छ।बीबीसी