

काठमाडौं । आइतबार दिउँसोदेखि नै मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण उडान प्रभावित भएको हो । आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान पनि डिले भएका छन् ।
काठमाडौंबाट ६ बजे भारतको दिल्ली उडान भर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको उडान एक घण्टा ढिलो भएको छ । त्यस्तै, काठमाडौंबाट विराटनगर, पोखरा, भैरहवा लगायतमा उडान भर्नुपर्ने आन्तरिक उडानहरू पनि डिले भएका छन् ।