विदेशी मुद्राको आजको विनिमयदर कति ?-Sutra News

विदेशी मुद्राको आजको विनिमयदर कति ?

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।



निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार