

काठमाडौं । राप्रपा नेपालले आज रत्नपार्कको शान्तीबाटिकामा प्रदर्शन गर्ने भएको छ । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिएका थिए । चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार काठमाडौँको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिएका छन् ।