काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्।
उनले फेसबुकमा लेख्दै अन्तिम लडाइँमा रहेको जनका लागी सबैको सक्रिय सहभागिता अनिवार्य रहेको जनाएका छन् । आइतबारको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष सुवेदीले सरकारको हस्तक्षेपबाट घाइते भएका सबै शिक्षकको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। शिक्षक आन्दोलन २६ दिनदेखि लगातार जारी छ।
शिक्षा ऐन जारी हुनुपर्नेमागसहित सुरु भएको आन्दोलनको भीडले आइतबार निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरासहित बल प्रयोग गर्दा केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका छन्।