प्रतितोला १४ सय रुपैयाँले घट्यो सुनको मूल्य-Sutra News

प्रतितोला १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडौं । स्थानीय बजारमा साताको दोस्रो कारोबार दिन (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो ।



मूल्य घटेसँगै सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत चैत ९ मा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य खास बढ्न सकेको छैन ।

सुनको मूल्यमा गिरावट आउँदा सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघले जनाएअनुसार आइतबारको तुलनामा प्रतितोला २० रुपैयाँले चाँदीको मूल्य घटेको हो । मूल्य घटेसँगै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

सोमबार अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३ सय डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार