

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै थापाले सरकारको यस्तो बताएका हुन् ।
उनले कांग्रेसमा सरकारमा बस्नका लागि मात्रै नगएको बताए ।
“कांग्रेस सरकारमा बस्नका लागि मात्र गएको होइन, सरकारमा गएपछि कांग्रेसले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ, हामी त रिजल्टमा काम गर्न चाहन्छौँ”, उनले भनेका छन् ।
महामन्त्री थापाले कांग्रेसले गठबन्धन फेरबदलको काम नगर्ने भन्दै तर, सरकारले परिणाम दिनुपर्ने माग गरे ।
‘हामी अहिले एमालेसँग सरकारमा छौँ, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ, हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौँ। यो समीकरणलाई सहज ढंगबाट अघि बढाउँछौँ”, उनले भनेका छन्, “तर, सरकारले परिणाममुखी काम गर्नुपर्छ।”