संखुवासभामा चट्याङ लागेर मरे १७ भैँसी-Sutra News

संखुवासभामा चट्याङ लागेर मरे १७ भैँसी

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

संखुवासभा । संखुवासभामा हावाहुरीसँगै परेको चट्याङले १७ वटा भैँसी मरेका छन् ।



संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातालमा स्थानीय पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीले पालेका भैँसी आइतबार परेको चट्याङ लागेर मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटनास्थल हेउडाङ्ना प्रहरी चौकीबाट करिब ३५ किलोमिटर टाढा पर्छ ।

दुर्गम भएकाले घटनास्थलमा सोमबार बिहानै प्रहरी टोली खटाइएको छ ।

प्रहरी टोलीलाई घटनास्थल पुग्न कम्तीमा ६ घण्टा बढी लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार