बढ्न सकेन सेयर बजार-Sutra News

बढ्न सकेन सेयर बजार

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १४.५३ अंकले घट्दै नेप्से २६४७.०७ को बिन्दुमा ओर्लिएको छ ।



दोहोरो अंकले नेप्से घट्दै गर्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि उच्च गिरावट आयो । आइतबार १० अर्बमाथिको कारोबार भएकोमा सोमबार कारोबार रकम ८ अर्ब ९१ करोड रुपैयाँमै सीमित भयो । २ करोड ३६ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको हो ।

आज फाइनान्स र व्यापारबाहेक सबै समूहका सूचक घटे । कारोबारमा  आएका १६७ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मात्रै मूल्य बढ्यो ।

नेप्से लामो समयदेखि नै साइडवेजको ट्रेन्डमा चलिरहेको छ । योबिचमा नेप्सेमा सामान्य उतारचढाव भइरहेको छ । पछिल्लो केही कारोबार दिनदेखि नै निरन्तर ओरालोमा रहेको नेप्सेमा अघिल्ला दुई कारोबार दिन झिनो अंकको वृद्धि भएको थियो ।

तर, सोमबारको कारोबारसँगै भने पुनः गिरावट आएको छ । जसले बजारमा पुनः गिरावटको लयलाई संकेत गरेको छ ।

विशेषगरी गभर्नर नियुक्तिको विषयमा विवाद कायमै रहँदा लगानीकर्ता अन्योलमा छ । जसको प्रभाव बजारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार