माइतीघरमा सहकारी पीडितको चेतावनी- माग पूरा नगरे पुरै नांगिने छौं-Sutra News

माइतीघरमा सहकारी पीडितको चेतावनी- माग पूरा नगरे पुरै नांगिने छौं

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडौं । देशभरका विभिन्न सहकारीबाट आफ्नो गाँस काटेर बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै आएका सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन्।



सोमबार काठमाडौंको माइतीघर मन्डलामा भेला भएका सहकारी पीडितहरूले आफूहरूको अर्धनग्न प्रदर्शन रहर नभै बाध्यता भएको भन्दै आफ्नो धैर्यतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्।

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा रहेपनि सरकारले बचत फिर्ता गराउन कुनै पहल नगरेको सहकारी पीडितको आरोप छ।

सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भएपनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएपनि सरकारले पीडितका माग पुरा गर्न कुनै चासो नदेखाएको भन्दै आफ्ना माग पुरा नगरे पुरै नांगिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार