पूर्वपति छविको हात समाएर हाँस्दै हिँडेकी रेखाको यसकारण भइरहेको छ चर्चा-Sutra News

पूर्वपति छविको हात समाएर हाँस्दै हिँडेकी रेखाको यसकारण भइरहेको छ चर्चा

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। उक्त भिडियोमा अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा एकसाथ देखिएका छन्। त्यसमा पनि एकअर्काको हात समाएर।



रेखा र छविराज ओझा कुनै समयमा श्रीमान–श्रीमतीको रुपमा रहेका थिए तर अहिले उनीहरुको सम्बन्ध विच्छेद भएको पनि लामै समय भइसकेको छ। तर सम्बन्ध विच्छेदको लामो समयपछि दुवैलाई यसरी हात समातेर कार्यक्रममा पुग्दा चाहिं धेरैले यसलाई चासोका साथ हेरेका छन्।

नेपाल चलचित्र संघको शनिवार सम्पन्न ५०औँँ वार्षिक साधारण सभा कार्यक्रममा आफ्नो उपस्थिति जनाउन पुगेका रेखा र छविलाई जब एक साथ हात समाउँदै कार्यक्रममा पुगेको देखियो, सबैको ध्यान त्यतैतिर केन्द्रित भयो।

छवि र रेखा हात समातेर हाँसोका साथ कार्यक्रममा पुग्नाले दुवैबीच सम्बन्ध विच्छेद भएर पनि राम्रो सम्बन्ध छ भन्ने कुरालाई प्रष्ट पारेको छ। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै धेरैले रेखाको यस किसिमको हार्दिकतालाई प्रशंसा गरिरहेका छन्।

सम्बन्ध विच्छेदपछि शिल्पा पोखरेलसँग विवाह गरेका थिए भने रेखाले पनि बलराम शाहीसँग दोस्रो विवाह गरेकी छन्। तर छवि र शिल्पाको सम्बन्ध विच्छेद भइसकेको छ भने रेखा र बलरामको एक सन्तान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार