शिक्षकहरुका माग बुधबारसम्म सम्बोधन हुन्छन् : सञ्चारमन्त्री गुरुङ-Sutra News

शिक्षकहरुका माग बुधबारसम्म सम्बोधन हुन्छन् : सञ्चारमन्त्री गुरुङ

सोमबार, १५ बैशाख २०८२

सोमबार, १५ बैशाख २०८२

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।



सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षकहरुलाई विद्यालय फर्काउन वातावरण बन्ने समेत बताए ।

गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर देशभरका शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् ।

सरकार र शिक्षकहरुबिच पटकपटक छलफल भएपनि शिक्षकहरुका माग सम्बोधन भने हुन सकेको छैन । शिक्षकहरु भने नयाँ विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार