बढ्यो सुनको भाउ-Sutra News

बढ्यो सुनको भाउ

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेको हो ।



मूल्य बढेसँगै मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आइतबारको तुलनामा सोमबार भने प्रतितोला २० रुपैयाँले घटेको थियो । आज स्थानीय बजारमा चाँदीको मूल्य सोमबारकै तुलनामा प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

स्थानीय बजारमा सुनको मूल्य बढेपनि अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ३११ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार