गगन थापाविरुद्धकाे अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा-Sutra News

गगन थापाविरुद्धकाे अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा ताेकिएकाे छ ।



संयुक्त इजलासमा सुनुवाइका लागि १४ वटा मुद्दा पेसी ताेकिएकाेमा थापाको अवहेलना मुद्दा पहिलो नम्बरमै परेकाे हाे ।

आइतबार अधिवक्ता अनन्तराज लुइँटेलसहितले थापाकाे अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दायर गरेका थिए । जसमा सर्वोच्च प्रशासनले आज (मंगलबार)को पेसी दिइको थियो ।

बिहीबार एक सार्वजनिक कार्यक्रममा थापाले ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार