बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो-Sutra News

बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो लगाएकी छन् ।



सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ । गएराति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स अस्पताल लगेका थिए ।

चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार