रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गर्यो : मनिष झा-Sutra News

रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गर्यो : मनिष झा

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् ।



प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले मिश्रको विचारसँग आफ्नो विचार नमिल्ने भए पनि राज्यले उनीमाथि गरेको व्यवहार राम्रो नलागेको बताए । उनले मिश्रमाथि सरकारको दुर्व्यवहार निन्दनीय रहेको पनि बताए ।

मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार