जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति वितरण गर्न निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशन-Sutra News

जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति वितरण गर्न निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयहरूलाई जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।



महानगरले एक सूचना जारी गरी महानगर अन्तर्गत सञ्चालित निजी विद्यालयहरूलाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा जेठ पहिलो साताभित्रै आवेदन लिएर छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनका अभिभावकबाट आवेदन लिई जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको महानगरको शिक्षा शाखाले जनाएको छ ।

कक्षा १ देखि कक्षा १० मा छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।

छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ९३० मा रहेको छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्नुपर्नेछ । समितिले छनौट गरेको नामावली मात्र मान्य हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार