के छ ‘ऊनको स्वीटर’को ट्रेलरमा ? (भिडिओ)-Sutra News

के छ ‘ऊनको स्वीटर’को ट्रेलरमा ? (भिडिओ)

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । अभिनेता विपीन कार्कीको फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक भएको छ।



मंगलबार आर्टमाण्डू युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको ट्रेलरमा विपीन र मिरूना मगरको प्रेम कथालाई देखाइएको छ।

ट्रेलरमा लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको ‘सरल र सहज’ प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा देखाइएको छ।

फिल्ममा विपीन र मिरूनासँगै विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू र भावना खपांगी मगरलगायत कलाकारको अभिनय छ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिको निर्माणमा बनेको पहिलो फिचर फिल्म हो। सुजन चापागाईँको संगीत रहेको फिल्मलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह-लेखन रहेको छ।

चिन्तनराज भण्डारीले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। यो फिल्म वैशाख २६ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार