भारत सरकार नेपालको वर्तमान व्यवस्थालाई उल्ट्याउने पक्षमा छैन: पूर्वप्रधानमन्त्री भट्टराई-Sutra News

भारत सरकार नेपालको वर्तमान व्यवस्थालाई उल्ट्याउने पक्षमा छैन: पूर्वप्रधानमन्त्री भट्टराई

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालको वर्तमान व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन्।



भारत भ्रमणबाट मंगलबार स्वदेश फर्किएका भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन्। उनले भारतमा नागरिकस्तरमा नेपालको व्यवस्था उल्टिने विषयमा चासो रहेको पाए पनि भारत सरकार र त्यहाँका प्रमुख शक्तिहरू त्यस्तो गतिविधिमा संलग्न नरहेको स्पष्ट पारे।

“भारतमा विभिन्न आन्दोलनलाई लिएर व्यवस्थाविरुद्धको आशंका देखिन्छ, तर सरकार र मुख्य शक्तिहरू प्रतिगामी शक्तिलाई उक्साउने पक्षमा छैनन्,” उनले भने। उनले अनावश्यक भ्रम फैलाएर प्रतिगामी शक्तिहरूले विरोध गरिरहेको आरोप लगाउँदै यस्ता गतिविधि सत्य नभएको र यसले कसैलाई फाइदा नगर्ने बताए।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रभावकारी काम गर्न नसकेको निष्कर्षमा भारत पुगेको भन्दै भट्टराईले दुई देशबीचका समस्याहरू समाधान गर्न नयाँ विधि अपनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार