Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

रेखा, स्वस्तिमा र लक्ष्मीले सार्वजनिक गरे डिबीको 'नियत'

रेखा, स्वस्तिमा र लक्ष्मीले सार्वजनिक गरे डिबीको 'नियत'

सुत्र न्यूज

२८, पौष २०७६
रेखा, स्वस्तिमा र लक्ष्मीले सार्वजनिक गरे डिबीको 'नियत'

यो पनि

काठमाडौं - रंग पत्रकार डिबी खड्काद्धारा लिखित पुस्तक सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको । सिनेमा क्षेत्रका ३५ अभिनेत्री, गायिका र मोडलका कथा पुस्तकमा समेटिएको छ । जो आफ्नो सपना पूरा गर्न रंगीन दुनियाँमा आए । उनीहरूले सपना पूरा गर्दा भोगेका हिंसा केलाउने कोसिस गरेको हुँ खड्काले भने - 'ती महिलाहरू जो अहिले पनि कलाकारिता क्षेत्रमा सक्रिय छन्, उनीहरूले भोगेका हिंसाका अनुभूति छन् । रंगीन दुनियाँभित्र हुने बदमासीलाई पुस्तकमा देखाउन खोजिएको हो ।' नियतले रंगीन दुनियाँ अँध्यारो हुनुहुँदैन थियो भन्ने विषय उजागर गरेको लेखक खड्काको भनाई छ । https://www.youtube.com/watch?v=5cOduHbIY2w प्रज्ञा भवनमा आयोजित पुस्तक विमोचन कार्यक्रममा लेखक खड्काले कसैलाई पनि मर्का नपर्ने गरि मर्यादित ढंङगबाट पुस्तकमा समावेश अध्यायलाई प्रस्तुत गरिएको बताए । अम्बर बहादुर खड्का, नारायण अमृत, रेखा थापा, लक्ष्मी बर्देवा र स्वस्तिमा खड्काले एकसाथ पुस्तक बिमोचन गरेका हुन् । उनीहरुले सिनेमा क्षेत्रका अँध्यारो पटोको बिषयमा खुलेर बोलेका थिए । पुस्तक बिमोचन पश्चात अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का र रंगमञ्चकी चर्चित अभिनेत्री लक्ष्मी बर्देवाले रङ्गीन दुनियाका रंगहिन दृष्टान्त माथि अन्तर सम्बाद समेत गरेका थिए । ग्लामर दुनियाँ चम्किलो छ भन्ने धेरैको मानसिकता छ । सिनेमा कलाकारिता क्षेत्रमा देखिएको चम्किलो आवरणभित्रको अँध्यारो पाटोका कथा नियतभित्र छन् । यसमा उज्यालो क्षेत्रका अँध्यारो पाटो समेटिएको छ ।

प्रकाशित मिति :पौष २८, २०७६ सोमवार - १७:१३:५१ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology