Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

‘के पुनर्जन्म सम्भव छ ? हजुरआमा युगको देहान्तरण सम्झना र आजको यथार्थ’

‘के पुनर्जन्म सम्भव छ ? हजुरआमा युगको देहान्तरण सम्झना र आजको यथार्थ’

सुत्र डेस्क

१६, चैत्र २०७६

यो पनि

सानो छँदा हजुरआमाको स्नेही काख नै मेरा निम्ति सबै थियो। जीवन र जगतबारे सबै हजुरआमाबाटै बुझेँ। गरिबीमा हुर्केको मलाई त्यसको महसुस हजुरआमाले नै कहिल्यै हुन दिनु भएन। केही नभए पनि सबैथोक छ भन्ने ब्यवहार उहाँमा झल्किन्थ्यो। जीवनको अन्तिम पलसम्म पनि त्यही ब्यवहार उहाँमा निश्चिन्त बाचिरह्यो। मेरो पढाइमा उहाँकै आशीर्वाद थियो। ‘पढ्न अल्सी गर्नुहुन्न है’ भनेर मलाई सधैं झकझक्याउने उहाँले भने कहिले स्कुल देख्नु भएको थिएन। यो कथा आजभन्दा चालीस वर्ष अगाडिको हो। जतिबेला म शान्ति बिद्या गृह लैनचौरमा अध्ययन गर्थे। अक्सर हामीहरू उहाँलाई ‘बुबु’ सम्बोधन गरेर बोलाउथ्यौ। मेरा दिदीह?ले पनि उहाँलाइ बुबु नै भन्र्थेे। उहाँलाई किन बुबु भनेर सम्बोधन गरियो त्यो कुरा मैले आजसम्म पनि बुझेको छैन। त्यो बुबुू नाम हामी सबै नातिनातिनामा प्रिय थियो। बुबु कहिले गाउँमा त कहिले सहरमा बस्नुहुन्थ्यो। हाम्रो घर अहिलेको सामाखुसी चोकबाट उत्तर शिवपुरी हुँदै लगभग १८ किलोमीटरको दुरी समुन्द्रादेवी पारथोकमा पर्छ। अहिले पनि बुबुको पवित्र पैतालाले टेकेको त्यो भूमि त्यही छ। जस्ताको तस्तै छ। बुबुको सम्झना बोकेर बाचिरहेछन् त्याहाका बि?वाह?। कयौ शिशिर, वसन्त ,पतझड, हिउँद, बर्षाद ,गर्मी र चिसोको तापले त्याहाका रूखबिरूवालाइ छोए भागे तर बुबुको स्नेही सम्झनाको कोमल घाम आज पनि त्याहाको पाखाभरी लागिरहेकै छ। एउटा सत्य आजको दिनसम्म पनि जीवित छ मेरो आँखामा।

जीवनको ब्यावस्थापन गर्न नसकेरै हो मानिस गरिब र दुखी हुने। आजका धनी मानिसहरू उचित ब्यावस्थापनको अभावका कारण झन दरिद्र भए जस्ता देखिन्छन्।

त्यो सत्य थियो बुबुको अजम्बरी ब्यवहार। अहिलेको बाणिज्य भाषामा भन्ने हो भने ब्यवस्थापन। जीवनको ब्यावस्थापन गर्न नसकेरै हो मानिस गरिब र दुखी हुने। आजका धनी मानिसहरू धनी भएर पनि उचित ब्यावस्थापनको अभावका कारण झन दरिद्र भए जस्ता देखिन्छन्। बुबुमा एउटा यस्तो ब्यवस्थापन थियो। लाग्थ्यो उहाँसँग नभएको केही थिएन। एउटा सन्दूक थियो उहाँको। त्यो सन्दूक यति क्लासिकल थियो कि त्यो भित्र सबथोक अटेका थिए। जब सानै थिए बुबुले सन्दुक खोलेपछि म झम्टेर सन्दूक नजिक जान्थे। आजसम्म पनि सन्दुक भित्रबाट आएको त्यो गुधुली बासना म सम्झिन्छु। नजिक गैसकेपछी म हात थाप्थे। उहाँले बुझ्नुहुन्थ्यो र मेरो हातमा घ्यू मह वा सक्खर केही राखिदिनु हुन्थ्यो। अनि हात चाट्तै म आफ्नो पढ्ने स्थानमा जान्थे। म यस्तो कल्पना गर्थे कि त्यो सन्दूक भनेको हामीले दैनिक खाने चिजबिजको भन्डार हो। त्यहाँ भित्र सबै कुरा उत्पादन हुन्छ। एकदिन बुबु बाहिर बसेर जुठो भाडा माझ्दै हुनुहुन्थ्यो। एक छिमेकी आमोइलाई केही चिज दिन पर्यो। बुबुको हात जुठो थियो। उहाँले आफ्नो गलाबाट साचोको झुप्पो निकाल्न लाउनु भो मलाई र भन्नू भो ‘त्याहा एक गोल्टिन घ्यू छ झिकेर देऊ। बुबुले आफ्नो साचो कहिले पनि अरूलाई दिएको देखेको थिइन। बुबुको गलाबाट साचो झिकेर म भान्साकोठामा गए। पित्तलको पहेलो ताल्चा थियो र त्यही प्रकारको साचो थियो। सन्दूक खोले। खोल्नासाथ एक प्रकार मीठो महक चारैतिर फैलियो। त्यो महकमा सारा प्रकृतिको सानिध्य सुगन्ध बिस्फारित भए जस्तो लाग्यो। सन्दूक खोलेर यसो निहारे। सारा सन्सार थियो त्याहा भित्र। तुल्सीको काठ, धुपबत्ती ,मह, घ्यु ,फिडकिरी ,जौ तिल, अबिर, केशरी, कसार, चिउरा ,सक्खर, सुन, पैसा आदि आदि। घ्यूको गोल्टिन बट्टा निकाले। बाहिर उभिरहेकी छिमेकी आमोइलाई दिए। र फेरि पढ्न लेख्न थाले। साचो तात्कालै बुबुलाइ नै दिए। त्यो सन्दुक कहिले पनि रित्तो भएन। मलाई थाहा छैन उहाँले कहिले हो यी सबै कुराले त्यो सन्दुक भरेको। आधा घन्टा अगाडि म आफैले सन्दुक खोलेर हेर्दा त्यहा मालाबाउ केरा थिएन। पछि भात खादा दुधसँग केरा खान्छस् भनेर सोध्नुभयो। केरा कतै बाहिर नै होला भन्ने सोचे। पछि उहाँले सन्दुक खोल्नु भयो र एक काइयो मालाबाउ केरा निकाल्नु भो। पाकेर पटपटि फुटेका पहेंला केराको हाता देखेर म अचम्मित भए। सन्दूक खोल्दा गहिरिएर हेरेको थिए तर केरा थिएन। सोचिरहे केरा आफै कसरी उत्पत्ति भयो चकित भए।

घामको प्रकाशमा किटाणु नास गर्ने क्षमता हुन्छ भन्ने कुरा मैले पहिलो पटक बुबुबाटै थाहा पाएको थिए। सिरक र अरू लुगाफाटाहरू चिसो नहुँदा पनि घाममा सुकाएको देख्थे।

हजुरामा कति दयालु, कति धर्मात्मा कति पवित्र हुनुहुन्थ्यो भन्ने कुरा अब म बिस्तार गर्छु। ७० वर्षको उमेरसम्म उहाँ आफ्नो लागि आफैले सबै काम गरिरहनु भयो। मेरो स्कुल जाने लुगा समेत उहाँले नै धुनुहुन्थ्यो। सामाखुसी चोकमा एउटा सरकारी धारो थियो। त्यो धारोमा पानी लिन भने मैले बुबुलाई सघाउँथे। घरमा भात खाने बेलामा कोहि पाहुना आए भने उहाँले पहिला पाहुनालाई ख्वाउनु हुन्थ्यो। पाहुनाले खाएर बाकी रह्यो भने बल्ल आफू खानुहुन्थ्यो। भुसको चुलो थियो हाम्रो। त्यसमा ढुटो बेस्सरी खादिन्थ्यो। भुसको चुल्होमा हाल्ने दाउरा उहाँ आफै खोज्नुहुन्थ्यो। वा हामी गुर्जेका तामाङहरूसँग दुई तीन रूपैयाँमा दाउरा किन्थ्यौ। खानको लागि उहाँको नाउँमा एउटा खेत थियो न्यारकोटे त्यही खेतको आयस्था आउथ्यो। एउटा कोठाथियो त्यही धानको भकारी थियो। बुबु खाटमा सुत्नुहुन्थ्यो म भैमा गुन्द्री ओछ्याएर सुत्ने गर्थे। आफुसँग नभएको कुनै चिज कसैले उहाँसँग माग्यो भने उहाँ आफैले किनेर भए पनि त्यो चिज दिनुहुन्थ्यो। उहाँको भान्सा कसैले छुने सम्भावना थिएन। मैले पनि सधैं अलग बसेर खाए किनभने मेरो ब्रतबन्ध गरेको थिएन। कहिलेकाही उहाँलाई गार्हो भएको बेलामा भन्नुहुन्थ्यो ‘मने तेरो ब्रतबन्ध गरेपछि मलाई भात पकाएर ख्वाउलास नि!’ म पनि कहिलेकाही बुबालाई भन्ने गर्थे बुबा मेरो ब्रतबन्ध छिटो गरिदिनु भनेर। बुबु हरेक पटक बाहिर छिमेकीको घरमा जाँदा वा बजार गएर फर्की आउनासाथ आफुले लगाएको पुरै कपडा बदल्नु हुन्थ्यो। खाना भलै भुसको चुलीमा पकाए पनि उहाँ धोतिपाटा फेरि पकाउनुहुन्थ्यो। बाथ?म जादा लगाएको कपडा धोएर मात्रै पुनः प्रयोग गर्नुहुन्थ्यो। बिहान ४ बजे उठेर नित्यकर्म सकि पुजा प्रार्थना गरेर मलाई समयमै उठेर पढ्न लगाउनु हुन्थ्यो। खाना खाँदा सकेसम्म नबोल्ने, खादा सात्विक भोजन गर्ने। धर्म, कर्म, दान, दातब्य, मानव सेवा, सुघ्घर सरसफाइ आदिमा उहाँ कहिले चुक्नु भएन।

उहाँ भन्नुहुन्थ्यो ढुङ्गालाई पनि दुख्छ। रूखलाई नकाट। त्यहाँबाट पनि रगत बग्छ। हरेक पूर्णिमामा, एकादशीमा उहाँ निराहर व्रत बसेको आज पनि मलाई सम्झना छ। आजको मान्छे भौतिकताले सप्पन्न त छ। तर त्यो सम्पन्नता भित्र पनि मान्छे यति धेरै दुखी छ। कतै एकान्तमा बसेर धुरूधुरू रोइरहेको देखेको छु।

घामको प्रकाशमा किटाणु नास गर्ने क्षमता हुन्छ भन्ने कुरा मैले पहिलो पटक बुबबाटै थाहा पाएको थिए उहाँबाट। सिरक र अरू लुगाफाटाहरू चिसो नहुँदा पनि घाममा सुकाएको देख्थे उहाँको निदारमा सँधैं सेतो चन्दनको टीका देख्थे। मैले सोच्थे कि बुबु बिधवा भएकोले यो सेतो टीका निधारमा लगाउनु भएको होला भनेर। आरतीपछि सेतो चन्दन र बिगुत घोटेर निदारमा लगाउनुहुन्थ्यो। सधैं सफा लुगामा सधैंव कपाल सपक्क कोरेर बस्दा कुनै देवीमाताको अगाडि छु कि जस्तो अनुभूति गर्थे म। उहाँका तीन तीन बुहारीहरू (मेरा माताहरू) थिए तर कहिले पनि उहाँ अरूको बोझ बन्न रूचाउनु भएन। कहिलेकाही बिरामी पर्दा मलाई भन्नुहुन्थ्यो तेरा बाउहरूले होइन मलाई तेरै हातले दागबत्ती दिएस बाबू भन्ने गर्नुहुन्थ्यो। त्यसो किन भन्नू भएको हो त्यस्ता कुरा म बुझ्ने भैसकेको थिइन। आमाप्रति गर्नुपर्ने कर्तव्य छोराहरूले नगरेपछि नै चित्त दुख्दा एउटी आमाले भन्ने कुरा हो भन्ने कुरा मैले दस कक्षा पुगेपछि मात्रै थाहा पाए। ‘बिहे नगरून्जेल मात्रै हो छोरा आफ्नो हुने। बिहेपछी बुहारीले छोरालाई खोस्छे बाबु’ भनेर बुबुले भनेको कुरा आज पनि म सम्झिन्छु। सबै छोराबुहारी नातिनातिना भएर पनि एउटा रित्तो र एकलास चरी जस्तो अनुभूति गर्नुहुन्थ्यो उहाँले र आँखाबाट आँसु झार्नुहुन्थ्यो। बुबा पहाडबाट आउदा मैले बुबु रोएको कुरा सुनाउथे बुबालाई। बुबाले पनि त्यति सुनेजस्तो लाग्दैनथ्यो। मैले एसएलसी दिएर आइए ज्वाइन गरेपछि बुबु हामीसगै बस्न थाल्नु भो। हजुरआमासँग मैले बिताएका ती सुनौला पलहरू आज सम्झिदा उहाँ अझैसम्म हामीसगै भएको अनुभूति हुन्छ। चराचर जगतका हरेक सिर्जनालाई उहाँले देखाएको माया म अझै सम्झिन्छु। उहाँ जीवलाई मात्रै होइन अजिव चिजलाई पनि माया गर्नुहुन्थ्यो भन्ने कुरा मैले बुझेको थिए। उहाँ भन्नुहुन्थ्यो ढुङ्गालाई पनि दुख्छ। उहाँ भन्नुहुन्थ्यो ?खलाई नकाट। त्याहाबाट पनि रगत बग्छ। हरेक पूर्णिमामा हरेक एकादशीमा उहाँ निराहर व्रत बसेको आज पनि मलाई सम्झना छ। आजको मान्छे पैसाले भौतिकताले सप्पन्न त छ तर त्यो सम्पन्नता भित्र पनि मान्छे यति धेरै दुखी छ कि उ कतै एकान्तमा बसेर धुरूधुरू रोइरहेको देखेको छु मैले। बुबुलाइ हरेक कुराको पूर्ण ज्ञान थियो। हरेक कुराको तर्कलाई उहाँले महाभारत गीता र रामायणसग जोडनु हुन्थ्यो। निरक्षरी मेरी बुबुलाई यी सबै कुराको ज्ञान कसरी भएको होला अचम्मित हुन्थे म। प्राचीन कालका ऋषिमुनीमा जस्तै बुबुमा जुन दया माया र मानवतावादी सोच थियो साच्चै ती सम्झनयोग्य गुणह? हुन्। सधैं हसिलो मुहार, सदैव सत्कर्मप्रति उत्प्रेरित, सदैव पर सेवाप्रति दत्तचित्त, सदैव प्रकृतिप्रति झुकाव, सत्यवादी र आफ्नो कर्मममा सदैव बिश्वास राख्ने बुबु एकदिन खाना खादै गर्दा अचानक बेहोस हुनुभो। खाना खादाखादै बान्ता भो उहाँलाई।बोकेर ओछ्यानमा लगे। एक्कासी आकाश आफ्नै टाउकोमा खसे जस्तो भो। केही महिना मात्रै भएको थियो उहाँ सामाखुसीबाट हामी बसेको भाडाको कोठामा हामीसँगै बस्ने गरेर आउनु भएको। म जागिरे भैसकेको थिए। सोचे अब म मेरी हजुरआमालाई पाल्न सक्ने भएको छु। निदारमा सेतो बिगुत चम्किरहेको थियो। ढल्दा यसरी ढल्नु भो कि कुनै आँधीले एउटा बलियो ?खको जरासहित उखेलेर पाखा लगाइदिएको छ र हामी नातिनातिना बोट वरिपरि उम्रेका कलिला मुना हौं। धेरै बोलायौ। उहाँमा होस आएन। निको नहुने भएपछि हामीले ट्याक्सीमा राखेर वीर हस्पिटलमा भर्ना गर्यौ। वीर हस्पिटलमा डाक्टर सत्याल हुनुहुन्थ्यो त्यँहाका प्रमुख। बेलुकी सबै रिपोर्ट आयो। बुबुको एक्कासी प्रेसर बढेर ब्रेन ह्यामरेज भएको रहेछ। उहाँको टाउकाको एउटा मसिनो नसा फुटेर ब्रेनभरी रगत जमेको छ। ‘ब्रेनमा पोखिएको रगत सुकाउन र चुडिएको मसिनो रक्त नलिबाट बगेको रगत थाम्नको लागि हामीले विशेषज्ञको रिपोर्टिङ अनुसार औसधि स्लेनपानीको माध्यमबाट दिइरहेका छौ’ डाक्टर सत्यालले यसो भनिरहदा बुबा, काका फूपू र म अगाडि थियौ। दुई दिन बित्यो तीन दिन बित्यो चार दिन बित्यो। बुबुको अनुहार उस्तै छ। दिप्ती,उस्तै छ जुनकीरी उज्यालो, उस्तै छ रूमानी चमक, उस्तै छ ओठमा ॐकार, मात्रै बोल्नु हुन्न। मात्रै उहाँ होसमा हुनुहुन्न। सबेरै भाउजुले निदारमा दलिदिनु भएको बिगुतको टीका यस्तो देखिन्थ्यो कि निर्मल आकाशमा पुर्ण चन्द्रमा झुल्किएको छ। म हजुरआमालाई लगातार कुरिरहे छु। ओखती र उपचारमा कुनै कमी थिएन। सातौ दिनको दिन उहाँले हात चलाउनु भो। म उहाँको सिरानी मै थिए। हरेक घन्टा घन्टामा उहाँको पैतालामा मालिस गर्दिन्थे। अलिकति आशाको दियो बलेर आयो। बुबुले केही भन्न खोजे जस्तो लाग्यो। आँखा खोल्नु भैदिए कस्तो आनन्द हुन्थ्यो भनेर आशावादी हुन्थे। बुवा र काका वाडमा आउनु भो। बुबुले हात चलाएको केही भन्न खोजेको कुराहरू उहाँहरूलाई ब्यक्त गरे। आमा निको भएर घर लैजान पाए कति खुसी हुन्थे म भनेर बुबाले गहका डिल भिजाउनु भो। सँगै बस्नुभएको भाउजुको मुहारमा अलिकति खुसी छायो। तर त्यो खुसी धेरै समय रहेन। बुबुको एक्कासी मुटुको धड्कन बढेर आयो। श्वास फेर्न गाह्रो भए जस्तो लाग्यो। बाबू लौन हजुरआमालाई चाप्यो। भाउजू आत्तिनु भो। म दौडेर काउन्टर पुगे। दुइजना नर्सहरू आउनु भो। त्यतिनै बेला बुबुलाई भेन्टिलेटरमा हालियो। भेन्टिलेटरमा हालिएको चौथो दिन पनि उहाँको स्वास्थमा प्रगति नदेखिएपछि हामीले डाक्टर सत्यालसँग सोध्यौ। बुबुलाई बाहिर ल्याइयो। आफ्नै सामान्य बेडमा। बुबुको शरीर भरी इन्जेक्सन र अन्य सुइराहरूले घोचेको घाउ देखेर बेस्सरी रोए म। शरीर सुन्निन थालिसकेको थियो। ओठ मा ॐकार थिएन। निदार खाली थियो। बिगुतको टीका कतै उडेर गैसकेको थियो। हातमा कुनै तातो थिएन। मुहारबाट देखिने त्यो जुनेली उज्यालो अस्ताउन लागेको भान हुन्थ्यो। मलाई सम्झना थियो कि उहाँले आफू सद्दे हुँदा भन्नू भएको एउटा कुरा कि कथम कदाचित्त म बिमार परेर बोल्न नसक्ने अवस्थामा पुगे भने मेरो अन्तिम समय नबिगारिदेओ है। म भगवान श्रीपशुपती नाथको पाउमा मृत्युवरण गर्न पाँउ। यो कुरा बुबाहरूलाई फुपूहरूलाई पनि थाहा थियो । बाह्रौ दिन। बुबुको धुकधुकी कुरेर हामी सबै बसिरहेका थियौ। बुबुलाई अझै निको हुन्छ भनेर मैले नै हस्पिटलबाट पशुपति लैजान दिइरहेको थिइन। मेरी ठूली दिदी ?दै आउनु भो र भन्नू भो ‘मने अब जिद्दी नगर बुबुको अन्तिम इछ्या हामी सबै मिलेर पूरा गरिदिनुपर्छ’ हस्पिटलले पनि आशा मारिसकेको थियो। मैले पनि सोचे घाटमा गएका बिमारीह? पनि त निको भएर फर्केर घर आएका घटनाहरू छन नि। घाटे बैद्दे र अरू डाक्टरहरू पनि त्याहा हुन्छन् भन्ने कुरा थाहा पाएपछि त्यही दिन करि साढे २ बजे बुबुलाई हस्पिटलको बेडबाट उठाएर पशुपति लग्यौ। पशुपति लैजादै गर्दा बुबुको अवस्था अत्यन्तै नाजुक भैसकेको थियो। त्यो अन्तिम श्वास बुबुले श्रीपशुपतीनाथको आगनीमा फेरिदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो।गाडीबाट निकालेर सिधै ब्रह्मनालमा लिएर सुतायौ। मुखमा जल राख्यौ। निदारमा रक्तचन्दनको लेप र बिगुत लगाइदियौ। बुबुको ममतामयी काखमा हेरिरहेँ। एक्छिन् जिन्दगीको अतीत सम्झिए। आराध्यदेवको पशु(वाटिकामा हेरे। आसुका धाराहरू गुड्दै खसे बुबुको काखमा। बुबुका कानका लोतीहरू लत्रिए। एक्छिन त्यो मुहार धपक्कै बल्यो। उज्यालो पार्नु भो आफ्नो वरिपरि आफ्नै बलले। र देखेँ त्यो अजरा अमर अजन्म हन्स उडेर माथी गएको। र उहाँले एउटा लामो प्रश्वास लिनु भो र आफ्नो देह यो धरालाई चढाउनु भो। बुबुको पार्थिव शरीरलाई एकै क्षणमा आगोले खायो। बुबुको भौतिक ?प खरानी भयो। बुबुलाई महासमुन्द्रतिर लिएर गइन् बागमतीले। अब बुबु यो लोकबाट परलोकको यात्रामा गइन्। कुरो यतिमात्र थिएन। म घोत्लिन थाले बुबु खै ? करिब सात आठ महिनासम्म बुबुको सम्झनाले म धेरै रोए। बुबुको त्यो महायात्रा कति टाढाको थियो या बुबु यतै कतै अर्को जुनि लिएर घुमेकी पो छिन् कि भन्ने तर्कनाले मलाई राम्रोसँग निन्द्रा पनि पर्न छोडेको थियो।

हरेक सात वर्षमा हाम्रै शरीरको कोषको देह परिवर्तन हुन्छ। परिवर्तन नहुने आत्मा वा चेतना मात्रै हो। आत्मा भनेको ‘म’ हो। त्यो त्यस्तै रहन्छ। यो संसारको गोप्य तथ्य भनेको यहाँ कोहि पनि मर्दैनन।

बुबुको त्यो महाप्रस्थानबाट मेरा बुबाह? कति दुखी थिए मलाई थाहा छैन तर म भित्रको म धेरै महिनासम्म रोइरह्यो। आँखा अगाडि मैले पहिलो चोटी आफ्नै मान्छेको मृत्यु देखेको थिए । पछि भएसी मलाई यो तर्कना पनि आउथ्यो कि के मानिसले अर्को जुनि लिन्छ त? के मान्छेको पुनर्जन्म हुन्छ त? पुर्वजन्मको पापले गर्दा यस्तो भो अब अर्को जुनिमा मलाई यस्तो कहिले नहोस भनी मानिसहरूले कुरा गरेको सुन्थे म। मृत्यु मानिसको सबैभन्दा रहस्यमय महायात्रा हो। धेरै सत्य मध्य यो एउटा धु्रव सत्य हो। जीवन यात्राको अन्त्य नै मृत्यु हो। के मृत्युुले परलोक या यो लोकको दोस्रो ढोका खोल्छ त? आजको बिज्ञानले पनि भन्छ चेतनाको मृत्युु हुँदैन। हाम्रा बैदिक शास्त्रह?मा पनि पुनर्जन्म सम्बन्धी धेरै ब्याख्यान उपब्याख्यानहरू भएका छन। विश्वको सर्वश्रेष्ठ ग्रन्थ गीताको खण्ड २ः२० मा भगवान श्रीकृष्णले भनेका छन ‘आत्माका लागि न कहिल्यै जन्म छ न नै मृत्यु। आत्मा कहिले जन्मिएन, जन्मिदैन र जन्मिने छैन। उ अजन्मा छ, उ नित्य छ ,उ शाश्वत छ, र सनातन छ। शरीर मर्दा उ मर्दैन। आत्माको देहान्तरण सम्बन्धमा एउटा सम्मानित र प्रमाणिक ग्रन्थ हो गीता। यसले पुनर्जीवन वा पुनर्जन्म सम्बन्धी प्रक्रियालाई सुक्ष्म ढंगले परिब्याख्या गरेको छ। यस्ले भन्छ भौतिक देह र पराभौतिक आत्मा कहिले पनि एक रूप हुन सक्तैन बिचार गरू हाम्रा शरीरमा जसरी सात वर्ष अगाडि जीवित रहेका जीवकोष वा अणुह? सात वर्षपछि नयाँ हुन्छन्। तिनीह? आफै मर्छन् र अर्को पलाउछन्। हरेक सात वर्षमा हाम्रै शरीरको कोषको देह परिवर्तन हुन्छ। परिवर्तन नहुने आत्मा चेतना मात्रै हो। जसरी हामी बालक युवक हुँदै बृद्द अवस्थामा परिवर्तन हुन्छौ तर हाम्रो आत्मा सधैं उस्तै रह्यो। न बालक भो न युवा भो न बृद्द भो। त्यो आत्मा भनेको ‘म’ हो। त्यो त्यस्तै रहन्छ। यो सन्सारको गोप्य तथ्य भनेको यहाँ कोहि पनि मर्दैनन। हाम्रो शरीर आत्मारूपि भगवान राख्ने मन्दिर हो। यो मन्दिर कालान्तरमा भत्किएला, उजाडिएला, नासिएला किनकि भौतिक तत्व बिनासी छ। तर मन्दिर भित्र बिराजमान त्यो अमर अजन्मा आत्मा अबिश्रान्त बसिरहन्छन्। ब? त्यो देवले फेरि अर्को मन्दिर पाउछ। फेरि आरती पाउछ। फेरि पुजा र प्रार्थना पाउछ। मन्दिर फेरिएको हो भगवान त उनै एक हुन्। जुन हिजो थिए आज छन् र भोलि पनि रहिरहने छन्। हजुरआमा बितेको प्रातडनाले एउटा बैराग्यता वा बितराग मनभित्र श्लेष्म घुमिरहेको थियो ममा। उहाँ बितेको केही महीनापछि हाम्रो परिवारमा एउटी सुकन्या पुत्री जन्मिइन् भाउजुको कोखबाट। बुबाले सधैं भन्नुहुन्थ्यो मेरी आमा फेरि जन्मिएर हाम्रै घरमा आउनुहुन्छ। बुबालाई शायद पुनर्जन्म माथि बिश्वास थियो। र भाउजु पनि हजुरआमालाई अति नै माया श्रद्धा र भक्ती गर्नुहुन्थ्यो। भाउजुको गर्भबाट पहिलो छोरी जन्मिएपछि बुहारीको कोखबाट मेरी आमा जन्मनु भो भनेर बुबा असाध्य खुसी हुनु भो। र त्यस दिनपछि बुबाको अनुहार आजसम्म मैले अँध्यारो देखेको छैन। क्रमशः .... पुनर्जन्म सम्बन्धी विस्तृत लेख अर्कोे अंकमा   यो पनि पढ्नुस 

कोविड–१९पछिको विश्व अर्थराजनीतिः फेरि शक्तिशाली हुँदैछ चीन !

प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - १९:५३:२७ बजे

प्रतिक्रिया

सुत्र डेस्क

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology