Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

भारतबाट फर्किएका थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या सात पुग्यो

भारतबाट फर्किएका थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या सात पुग्यो

सुत्र डेस्क

२१, चैत्र २०७६

यो पनि

काठमाडौं - नेपालमा कोरोना भाइरसका सातौं संक्रमित फेला परेका छन् । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । यसअघि विदेशबाट आएका छ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने पाँच जनाको आइसोलेसनमा उपचार भैरहेको छ। *तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । यसअघि गण्डकी प्रदेश सरकार स्रोतले भने एक जना पोजेटिभ भेटिएको जानकारी दिएको थियो।

प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १४:०४:३९ बजे

प्रतिक्रिया

सुत्र डेस्क

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology