Logo

सोमवार, जेठ १९ गते २०७७

गुल्मीका कोरोना संक्रमित रहेनन्, मृत्यु हुनेको संख्या ३ पुग्यो

गुल्मीका कोरोना संक्रमित रहेनन्, मृत्यु हुनेको संख्या ३ पुग्यो

Sutra Tv

८, जेठ २०७७
गुल्मीका कोरोना संक्रमित रहेनन्, मृत्यु हुनेको संख्या ३ पुग्यो

बुटवल । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।

गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो।

जण्डिस र ज्वरो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए।

कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको स्वाब झिकी परीक्षणकालागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो।

नेपाल सरकारले तयार गरेका स्वास्थ्य गाइडलाइन अनुरुप मृत्तकको दाहासंस्कारको तयारी भइरहेको प्रदेशका कोरोना फोकल पर्शन समेत रहेका निर्देशक डा चौधरीले बताए।

मृत्तक मदानैकै एक स्कुलका प्रधानाध्यापक हुन।

उनलाइ कोरोना संक्रमण भएको पुष्टि भएपछि क्रिमसन अस्पताल शिल गरीएको थियो।

उपचारमा सलग्न चिकित्सक नर्स कर्मचारी तथा बिरामीका कुरुवालाइ अस्पतालमै क्वारेन्टाइनमा राखीएको छ।

कोरोना पोजेटिभ देखिएका ती बिरामीको ट्राभल हिष्ट्रि नभेटिएकाले कसरी र कहाँबाट सरयो भन्ने बिषयमा अध्ययन भइरहहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। गुल्मीमा कोरेना संक्रमण देखएको यो पहिलो केश हो।

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - ०९:२७:०७ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology