Logo

सोमवार, जेठ १९ गते २०७७

कतारमा पहिलो पटक एक नेपालीलाई दिइयो मृत्युदण्ड

कतारमा पहिलो पटक एक नेपालीलाई दिइयो मृत्युदण्ड

सुत्र न्यूज

८, जेठ २०७७
कतारमा पहिलो पटक एक नेपालीलाई दिइयो मृत्युदण्ड

कतारमा एक नेपालीलाई पहिलो पटक मृत्युदण्ड दिइएको छ।महोत्तरीको औरही १,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल(नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको फैसलाबमोजिम चौधरीलाई मृत्युदण्ड दिइएको हो।

उनले नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ। चौधरीलाई सन् २०१७ अप्रिलमा कतारी प्रहरीले पक्राउ गरेको थियो।

उनलाई मृत्युदण्ड दिइएकोबारे नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा जानकारी गराइसकेको छ। कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिइसकेको बताइएको छ ।

प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - २०:२४:४७ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology