Logo

सोमवार, जेठ १९ गते २०७७

कोरोना अपडेट : विश्वभर दैनिक एक लाख संक्रमित थपिए, रुस र ब्राजिलमा महामारी

कोरोना अपडेट : विश्वभर दैनिक एक लाख संक्रमित थपिए, रुस र ब्राजिलमा महामारी

सुत्र न्यूज

९, जेठ २०७७
कोरोना अपडेट : विश्वभर दैनिक एक लाख संक्रमित थपिए, रुस र ब्राजिलमा महामारी

काठमाडौँ । कोरोना भाइरसको महामारी दिनानुदिन बढीरहेका बेला विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा यसका बिरामी देखिन थालेका छन् । वल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित थपिएका छन् । विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् । मृतक संख्या ३ लाख ३४ हजार पुगेको छ ।

अमेरिकामा मात्र १६ लाख २० हजार संक्रमि पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या रुसमा र ब्राजिलमा संक्रमित संख्या ३ लाख नाघेको छ भने स्पेनमा २ लाख ८० हजार, बेलायतमा २ लाख ५० हजार, इटालीमा २ लाख २८ हजार, फ्रान्समा १ लाख ८१ हजार, फ्रान्समा १ लाख ८१ हजार संक्रमित भएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म नेपालमा ४५७ संक्रमित भएका छन् भने ३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै ४९ जना निको भएर घर फर्किएका छन् ।

coro.PNG

 

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - ०७:२२:५९ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology