Logo

सोमवार, जेठ १९ गते २०७७

गर्भवतीलाई मध्यरातमा अस्पताल लिएर हिँडेको एम्बुलेन्सको बाटो छेकेर बसे ४ वटा बाघ

गर्भवतीलाई मध्यरातमा अस्पताल लिएर हिँडेको एम्बुलेन्सको बाटो छेकेर बसे ४ वटा बाघ

सुत्र न्यूज

९, जेठ २०७७
गर्भवतीलाई मध्यरातमा अस्पताल लिएर हिँडेको एम्बुलेन्सको बाटो छेकेर बसे ४ वटा बाघ

एजेन्सी -  भारतको गुजरातको गडढाको भाखा गाउँकी अफसाना सबरिश ९ महिनाकी गर्भवती थिइन् । बरिश रफिकलाई अचानक व्यथा लागेपछि उनले पिडा खप्न सकिन्न् र एक्कासी परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरेर अस्पताल लैजाने कोशिस गरे ।

एम्बुलेन्समा उनलाई लिएर हिँडेपछि बाटो नै बाघहरुको भिडले घे्यो । एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिइन् ।

४ वटा बाघहरु झुण्डमा भएका कारण महिलाको हालत बिग्रिँदै गएपछि एम्बुलेन्समा रहेका अस्पतालका प्राथमिक उपचार कर्मचारीले नै हिम्मत गरेर महिलालाई सुत्केरी गराए ।

महिलाले छोरी जन्माइन् । छोरी जन्माएपछि उनलाई बल्ल अस्पताल पुर्याएर थप उपचार थालिएको हो ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - १४:००:४६ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology