Logo

सोमवार, जेठ १९ गते २०७७

डडेलधुरा र बैतडीका संक्रमित, एक अस्पतालबाट डिस्चार्ज भएका, अर्का प्रहरी हिरासतमा

डडेलधुरा र बैतडीका संक्रमित, एक अस्पतालबाट डिस्चार्ज भएका, अर्का प्रहरी हिरासतमा

सुत्र न्यूज

९, जेठ २०७७
डडेलधुरा र बैतडीका संक्रमित, एक अस्पतालबाट डिस्चार्ज भएका, अर्का प्रहरी हिरासतमा

डडेल्धुराका काेराेना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी भएको खुलेको छ । जिल्लाको परशुराम नगरपालिका–१० का २८ वषीय कोरोना संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी रहेको खुलेको हो ।

कोरोना संक्रमित व्यक्ति जेठ ६ गते उपचारका लागि डडेल्धुरा अस्पताल पुगेको र ती पुरुषमा स्क्रव टाइफस पोजेटिभ देखाएको र उपचार गरेर निको भएपछि अस्पतालले डिस्चार्ज गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।


यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शिवनाथ गाउँपालिका– २ का ती पुरुष गत ६ चैतमा भारतको नयाँ दिल्लीबाट स्वदेश आएको बताइएको छ । शिवनाथ गाउँपालिका– ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका ती युवामा कोरोना पुष्टि भएको हो ।

 

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - १९:२०:०३ बजे

प्रतिक्रिया

सुत्र न्यूज

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology