फुल्पिङकट्टी पहिरो अपडेट : बेपत्ता ५ मध्ये २ जना मृत भेटिए-Sutra News

फुल्पिङकट्टी पहिरो अपडेट : बेपत्ता ५ मध्ये २ जना मृत भेटिए

बिहिबार, १ साउन २०७७

बिहिबार, १ साउन २०७७

सिन्धुपाल्चोक– भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति खसेको पहिरोमा पुरिएर बेपत्ता भएका ५ मध्ये दुई जनाको मृत्यु भएको छ।



प्रहरीका अनुसार स्थानीय ग्याल्जेन शेर्पाको घर बगाउँदा परिवार सदस्यहरु १६ वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया साङ्बु शेर्पाको मृत्यु भएको हो । त्यस्तै तीन जना भने अझैं बेपत्ता भएको जनाइएको छ।

राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा ग्याल्जेनको परिवारका पाँच जना बेपत्ता भएका थिए ।

बिहीबार बिहानैदेखि प्रहरी र स्थानीय मिलेर खोजी गर्दा दुई जनाको शव भेटिएको गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट