सिन्धुपाल्चोकमा गएको पहिरोप्रति सभामुखद्वारा दुःख व्यक्त-Sutra News

सिन्धुपाल्चोकमा गएको पहिरोप्रति सभामुखद्वारा दुःख व्यक्त

बिहिबार, १ साउन २०७७

बिहिबार, १ साउन २०७७

काठमाडौं– सभामुख सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।



बिहिबार समाजिक संजाल फेसवुक र ट्वीटरमार्फत सभामुख सापकोटाले आफू उक्त घटनाबाट मर्माहत भएको बताउँदै मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी–४ मा गएराति खसेको पहिरोमा परी २ जनाको मृत्यु र ३ जना बेपत्ता भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ,’ उनको फेसबुक पेजमा लेखिएको छ, ‘उहाँले मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ।’

सभामुख सापकोटाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेका छन्।

बिहिबार राति सिन्धुपाल्चोकको भोटेकोशी–४ मा खसेको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट