दुई अध्यक्षले छलफलको लागि समय मागेपछि नेकपा स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो-Sutra News

दुई अध्यक्षले छलफलको लागि समय मागेपछि नेकपा स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक ३ बजेसम्मको लागि स्थगित भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका थिए।



अहिले दुई अध्यक्षबीच छलफल भइरहेको बताइएको छ। यसअघि बिहीबार माधव कुमार नेपाल र दुई अध्यक्षबीच भएको छलफल पनि बिना निष्कर्ष सकिएको थियो।

बैठकमा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न माग गरेका थिए। जवाफमा ओलीले आफू अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्‍याएका थिए। नीतिगतरुपमा आफूलाई हटाएर देखाउन प्रधानमन्त्री ओलीले नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट