नेकपाले बोलायो सचिवालय बैठक, शनिबार ३ बजे बस्‍ने-Sutra News

नेकपाले बोलायो सचिवालय बैठक, शनिबार ३ बजे बस्‍ने

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक साउन ३ गतेका लागि बोलाइएको छ। शुक्रबार दुई अध्यक्षबीच भएको छलफलले शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको छ।



 

त्यस्तै आज बस्ने भनिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। यसअघि आजै ११ बजे बोलाइएको स्थायी कमिटी बैठक ३ बजेका लागि स्थगित गरिएको थियो।

स्थायी कमिटीअघि सचिवालय बैठक बस्नुपर्ने दुई अध्यक्षको सहमति बमोजिम स्थायी कमिटी आइतबारलाई सारेर शनिबार सचिवालय बैठक डाकिएको नेकपाका एक नेताले जानकारी दिए।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि विगत तीन सातादेखि नेकपामा आन्तरिक कलह सुल्झिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट