प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी-Sutra News

प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

काठमाडौं- ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ।



एसिया ब्याडमिन्टनले प्रिन्सबारे संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो।

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धि हो।

ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ। त्यसैअन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट