स्पेनिस ला लिगामा मेसीको कीर्तिमान-Sutra News

स्पेनिस ला लिगामा मेसीको कीर्तिमान

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

बार्सिलोना- बार्सिलोनाका कप्तान लियोनल मेसी स्पानिस ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बनेका छन्। सिजनको अन्तिम खेलमा अलाभेजविरुद्ध ५-० को जित हात पार्दा २ गोल गरेका मेसीले यस सिजन कूल २५ गोल गरे।



सातौं पटक सर्वाधिक गोलकर्ता बनेका मेसीले कीर्तिमानी सातौं पटक पीचीची अवार्ड पाउनेछन्। ला लिगाको सर्वाधिक गोलकर्तालाई यो अवार्ड दिने गरिन्छ। मेसीले यस सिजन घरेलु मैदानमा १९ र अवे मैदानमा ६ गोल गरे।

लगातार चौथो पटक गोलकर्ता बनेका मेसीले टेल्मो जाराका कीर्तिमान तोडेका छन्। जाराले ६ पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट