आइपीएल युएईका तीन सहरमा हुने-Sutra News

आइपीएल युएईका तीन सहरमा हुने

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

नयाँ दिल्ली- इण्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगिता यसैवर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ।



आइपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३औं संस्करणको आइपीएल युएईमा हुने जानकारी दिएका छन्।

पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन्। उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन्।

तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आइपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आइपीएल गराउने तयारी थालिएको हो। पटेलले आइपीएलका लागि दुबई, अबुधाबी र शारजहाँ मुख्य भेन्यू हुने बताएका छन्।

यसअघि सन् २०१४ को सिजन पनि भारतमा निर्वाचनको कारण आइपीएल युएईमा आयोजना गरिएको थियो।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट