नेपाली सेनाको ‘सैनिक आचार संहिता सप्ताह’ सकियो-Sutra News

नेपाली सेनाको ‘सैनिक आचार संहिता सप्ताह’ सकियो

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

काठमाडौं- नेपाली सेनाले साताव्यापी रुपमा सञ्चालन गरेको ‘सैनिक आचार संहिता २०७७ सप्ताह’ सकिएको छ।



बिहिबार बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहकाबीच जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा समापन गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

साउन १ देखि सञ्चालन भएको ‘दोस्रो सैनिक आचार संहिता २०७७ सप्ताह’ सुरु भएको थियो।

सप्ताहको समापन गर्दै बलाधिकृत रथी शर्माले संविधान प्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको निमित्त कटिवद्ध नेपाली सेनाको सबैभन्दा सुक्ष्म इकाईको रुपमा रहेको व्यक्तिले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशिल बनाउनुपर्ने बताए।

सप्ताहव्यापी उक्त कार्यक्रममा कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दूरी कायम राखी सञ्चालन गरिएको थियो भने कार्यक्रमलाई नेपाली सेनाका सबै युनिटहरुमा अवलोकन गर्न मिल्ने गरी लाइभसमेत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट