बागमती प्रदेशको छैटौं अधिवेशन आजदेखि अन्त्य हुने-Sutra News

बागमती प्रदेशको छैटौं अधिवेशन आजदेखि अन्त्य हुने

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

हेटौंडा- बागमती प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ। बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो।



बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट